‘ग्लोबल नेपाली फिल्म अवार्ड’ बिशेष समापन कार्यक्रम नेपालमा सम्पन्न

????????????????????????????????????

काठमाडौँ : गत भदौ ३ गते अमेरिकाको कोलोराडो शहरमा सम्पन्न दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले नेपालमा पनि सो अवार्डको विशेष कार्यक्रम आयोजना गरि कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कला क्षेत्रका पुराना तथा नयाँ कलाकारहरूको उपस्थिति र विभिन्न प्रस्तुतिका साथमा कलाका,र पत्रकार तथा प्रायोजकहरुको सम्मान गर्दै राजधानीमा अवार्ड विशेष कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल पर्यटन बोर्डमा शनिवार आयोजित सो कार्यक्रममा अवार्डमा सहभागी हुन नपाएका तथा अवार्ड सफलता पुर्वक सम्पन्न गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कलाकार र पत्रकार साथै विभिन्न व्यक्तिलाई अवार्ड तथा मायाको चिनो प्रदान गरिएको थियो ।

सिएन एन एन इ न्युजका प्रधान सम्पादक संचारकर्मी सुर्य चन्द, गोरखापत्र दैनिकका दीपक श्रेष्ठ, बिआरटी नेपाल डटकमकी सुषमा देवकोटा लगायतलाइ मिडिया सपोर्टका लागि सम्मान सहितको मायाको चिनो प्रदान गरिएको कार्यक्रममा नायक आर्यन सिग्देल, निर्देशक तथा पत्रकार गणेश पाण्डे, गायक तथा संगीतकार तारा प्रकाश लिम्बु, गायिका मिना निरौला, नायक आयुष रिजाल, संचारकर्मी राजन घिमिरे लगायतलाई अवार्ड वितरण गरिएको थियो ।

त्यस्तै कार्यक्रममा आवार्ड आयोजना, प्रवद्धन र सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग पुर्‍याउने शेर्पा ब्रोवरी, नेपाल पर्यटन बोर्ड, प्रभु बैङ्क, सिटौला ब्रदर्श, चलचित्र विकास बोर्ड, होटेल कन्ट्री भिल्ला, नेपाल टेलीकम, आयोजक टिमका भास्कर श्रेष्ठ, कलाकार सुनिल कटुवाल, नवल खड्का, मोहन निरौला लगायतलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

समापन तथा अवार्ड विशेष उक्त कार्यक्रमा कलाकारहरु शिव श्रेष्ठ, तुलसी घिमरे, सुनिल थापा, आकाश अधिकारी, लक्ष्मी गिरि , नवल खड्का, विनोद मानन्धर, केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, राम केशर बोगटी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

निर्माता कलाकार तथा खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड नेपालका संयोजक मदु कुमार श्रेष्ठको समेत उपस्थिति रहेको कार्यक्रममा आयोजक टिमका तर्फबाट अभिनेता कृष्ण मल्ल र नवराज श्रेष्ठले अवार्डबारे प्रकाश पारेका थिए साथै संछिप्त रुपमा सम्पन्न अवार्डको भिडियो दृश्य पनि देखाईएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*